दफा ५३क
कालोसूचीमा राख्ने
(१) कोषसँग कुनै ठेक्का सम्झौता गरेको, कुनै किसिमको ठेक्का पट्टामा हिस्सेदार भएको, कोषले लगानी गरेको वा कोषबाट क्रण लिएको कुनै व्यक्ति वा सङ्गठित संस्थाले कोषलाई कुनै हानि नोक्सानी पुन्याएमा वा कोषलाई तिर्न बुझाउन पर्ने रकम तोकिएको अवधिभित्र नबुझाएमा त्यस्तो व्यक्ति वा सङ्गठित संस्थालाई कोषले प्रचलित कानून बमोजिम कालोसूचीमा राख्नको लागि सम्बन्धित निकाय समक्ष लेखी पठाउन सक्नेछ ।

(२) “उपदफा (१) बमोजिम कोषबाट लेखी आएमा सम्बन्धित निकायले त्यस्तो व्यक्ति वा सङ्गठित संस्थालाई प्रचलित कानून बमोजिम कालोसूचीमा राखी सोको जानकारी कोषलाई दिन्‌ पर्नेछ ।

(३) उपदफा (२) बमोजिम कालोसूचीमा राखिएको व्यक्ति वा सङ्गठित संस्थालाई कोषले सो कालोसूचीबाट हटेको दुई वर्षसम्म कनै क्रण दिने, ठेक्कापट्टा दिने वा हिस्सेदार बनाउने वा कुनै किसिमको लगानी गर्ने छैन ।